सेबोनले दियो शिखरलाई ३० र आईएमई जनरल इन्स्योरेन्सलाई ४० प्रतिशत हकप्रद जारी गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । सेबोनले शिखर ३० र आईएमई जनरल इन्स्योरेन्सलाई ४० प्रतिशत हकप्रद जारी गर्ने अनुमति दिएको हो ।
बोर्डले शिखरलाई ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटललाई तोकेको छ ।

यस्तै आइएमई जनरल इन्स्योरेन्सले पनि हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स