३३ अंकले नेप्से बढ्दा पनि यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम दिन ३३.०३ अंकले बढेर २९३१.३४ विन्दुमा रहेको छ ।

बिहिबार २२९ कम्पनीहरुको सेयर ७५ हजार ५८२ पटक कारोबार भएको छ । १ करोड ५९ लाख ८९ हजार २४४ कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १६० कम्पनीको सेयर मूल्य बढ्दा २५ कम्पनीको सेयर मूल्य घटेको छ ।

१२% आईसीएफसी फाईनान्स लिमिटेड डिवेञ्चर–२०८३ को सेयर मूल्य सवभन्दा बढी ४.३९ प्रतिशतले घटेको छ । हिजो उक्त फाईनान्सको प्रति कित्ता सेयर मूल्य १,१४० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,०९० रुपैयाँमा खरिदबिक्री भएको छ ।

बोटलर्स नेपाल(तराई) कोे सेयर मूल्य १.८४ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो संस्थाकोे प्रति कित्ता सेयर मूल्य १४,६७० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १४,४०० रुपैयाँमा कारोबार भएको छ ।

नबिल ब्यालेन्स फण्ड–३ को सेयर मूल्यमा सवभन्दा कम ०.१० प्रतिशतले घटेकोे छ । सो फण्डको हिजोे प्रति कित्ता सेयर मूल्य ९.६६ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९.६५ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स