बैंक तथा वित्तीय संस्थाले खराब कर्जा व्यवस्थाको लागि गरे साढे ९ अर्ब प्रोभिजिङ, कुन बैंकको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थालहरूले खराब कर्जा फेरि बढेको छ । बैंकले निर्धारित समय सीमामा ऋण उठाउन नसकेपछि चालु आर्थिक वर्षको ५ महिनामा मात्रै बैंकहरूले ९ अर्ब ४९ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजिङ) गरेका हुन् ।

यद्यपि बैंकहरूले कर्जा नोक्सानीका लागि गरेको व्यवस्था गत आर्थिक वर्षको अन्त्यको तलुनामा भने कम हो ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३९ अर्ब रुपैयाँ यस्तो कर्जा व्यवस्थापनको लागि छुट्याएका थिए । यद्यपि गत कार्तिकको प्रोभिजिङभन्दा भने मंसिरमा प्रोभिजिङ रकम बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षमा ३३ अर्ब ८६ करोड प्रोभिजन गरिएको थियो । ठूलो रकम प्रोभिजिनिङ गर्नुपर्दा यसको असर बैंकको नाफामा परेको थियो । चालु आर्थिक वर्ष लागेदेखि बैंकहरूको यस्तो प्रोभिजिङ घट्दै गएपछि अब केही राहत मिल्ने देखिएको छ ।

निर्धारित समयभित्र कर्जा नउठ्ने नसकेपछि राष्ट्र बैंकले कर्जा नोक्सानीको व्यवस्था गर्न लगाएको हो । चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकको मात्र कर्जा नोक्सानी बढेको देखिएको छ ।

सो प्रोभिजिङ अहिले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएपनि कार्तिक महिनाकोभन्दा भने बढेको छ । कार्तिक महिनामा बैंकहरूले खराब कर्जा व्यवस्थापनको लागि ७ अर्ब ६३ करोड रुपैयाँ प्रोभिजिङ गरेका थिए ।

राष्ट्र बैंकका अनुसार मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरू प्रवाह गरेको कर्जामध्ये ‘साधारण लोन लस प्रोभिजिङ’ मा ९ अर्ब ४२ करोड रुपैयाँ व्यवस्थापन गरिएको छ भने ‘पास लोन लस प्रोभिजिङ’ मा ६ अर्ब २५ करोड, ‘वाच लिष्ट प्रोभिजिङ’ १ अर्ब ६८ करोड, ‘स्पेशल लोन लस प्रोभिजिङ’ मा २ अर्ब ६३ करोड र ‘एडिष्नल लोन लस प्रोभिजिङ’मा ५४ करोड रुपैयाँ छुट्याएको छ ।

कुन बैंकले गरे कति प्रोभिजिङ ?

वाणिज्य बैंकहरूले दिएका कर्जाहरू खराब कर्जाको रुपमा परिवर्तन हुँदा बैंकहरूले अहिले पनि खराब कर्जाको लागि रकमको जोह गर्नुपरेको छ । कोभिडका कारण बढेको बैंकहरूको प्रोभिजिङ पछिल्लो समय घटेपनि मंसिरमा भने बढेको छ ।

विभिन्न विवादमा तानिदै आएको कुमारी बैंकले मात्रै आफ्नो खराब कर्जा व्यवस्थापनको लागि ८३ करोड ६३ लाख रुपैयाँ छुट्टाएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बैंक, कृषि विकास बैंक, नेपाल बंगलादेश बैंकको यस्तो प्रोभिजिङ बढी छ भने प्राइम, सिभिल, सानिमा बैंकको प्रोभिजिङ अन्य बैंकको तुलनामा कम रहेको छ ।

S. N. NAME OF THE BANK PROVISION FOR RISK
1 Kumari Bank 836.39
2 Rastriya Banijya Bank 731.67
3 Agriculture Development Bank 616.55
4 Nepal Bangaladesh Bank 511.44
5 Global IME Bank 501.58
6 Nepal Credit & Commerce Bank 440.19
7 NIC Asia Bank 369.98
8 Nabil Bank 368.15
9 Sunrise Bank 351.15
10 Himalayan Bank 305.78
11 Nepal Bank 288.79
12 Nepal Investment Bank 284.18
13 NMB Bank 244.57
14 Citizen Bank 242.70
15 Mega Bank 211.40
16 Nepal SBI Bank 208.50
17 Standard Chartered Bank Nepal 177.53
18 Machhapuchhre Bank 177.01
19 Siddhartha Bank 161.55
20 Laxmi Bank 154.61
21 Prabhu Bank 148.90
22 Bank of Kathmandu 144.87
23 Everest Bank 144.69
24 Century Bank 88.49
25 Sanima Bank 82.17
26 Civil Bank 59.46
27 Prime Commercial Bank -70.66

Source: Nrb

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स