भट्टराई आयल निगमको निमित्त कार्यकारी निर्देशक

काठमाडौं । सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका नायव कार्यकारी निर्देशक भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको पदीय जिम्मेवारी तोकेको हो।

नयाँ कार्यकारी निर्देशन नियुक्त भएर नआउँदासम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नियमित काम गर्नुपर्ने भएकाले बुधबार भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोक्ने निर्णय गरिएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कार्यकाल पूरा गरेर अघिल्लो साता बिदा भएपछि निगम नेतृत्वविहीन बनेको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स