तेलको मूल्य ७ वर्षयता कै मह्गो, प्रति बेरलको मूल्य ८८.४६ डलर

काठमाडौं । तेलको मूल्य सात वर्ष यताकै उच्च स्तरमा पुगेको छ । तेलको मूल्यकालागि अन्तरराष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुड बुधबार १.०९ प्रतिशतले वृद्धि भएर प्रति बेरल ८८.४६ डलर पुगेको छ । मंगलबार करिब १ प्रतिशतले बढेर प्रतिबेरल ८७.२२ डलर पुगेको थियो ।

मध्यपूर्व भण्डारण केन्द्रमा आक्रमण हुँदा आपूर्तिमा असर पर्न सक्ने भन्दै व्यापारीहरु चिन्तित भएपछि तेलको मूल्य बढेको हो । तेलको धनी राज्यमा भएको आक्रमणका कारण माग बढ्ने अपेक्षासँगै मूल्य बढेको हो । यो मूल्य अक्टोबर २०१४ पछिको सबैभन्दा धेरै हो ।

संयुक्त अरब इमिरेट्समा यमन हुथी विद्रोहीले ड्रोन आक्रमण गरी तीन वटा इन्धन टयांकर बिस्फोट गराएको थियो । सोमबार आबुधाबी विमानस्थल नजिकै भएको आक्रमणमा तीन जनाको निधन भएको थियो । यस्तै साउदी नेतृत्वको गठबन्धन सेनाल यमनको राजधानी सनामा हवाई आक्रमण गरी २० जनाको ज्यान लियो ।

तेलको मूल्य बढ्नुको कारण कोरोना महामारीबाट द्रुर्त रुपमा विश्वको आर्थिक पुनरुत्थान हुने आशामा आएको कमीका कारण भएको पनि मानिएको छ । जसकारण जिवाश्म इन्धनको माग बढ्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स