काठमाडौं । काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा चार हजार ६६६, भक्तपुरमा ५७८ र ललितपुरमा १ हजार १९ जना संक्रमित थपिएको हो ।
पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।