१६५ कम्पनीको कारोबार घट्दा नेप्से रातामैं

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा रहेको छ ।

आज २२८ कम्पनीहरुको सेयर ८४ हजार २३३ पटक कारोबार भएको छ । १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा २० कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ ।

घलेम्दी हाइड्रोको सेयर मूल्य सवभन्दा बढी ४.३४ प्रतिशतले घटेको छ । हिजो उक्त हाइड्रोको प्रति कित्ता सेयर मूल्य ३६९ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३५३ रुपैयाँमा खरिदबिक्री भएको छ ।

कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.२३ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो संस्थाकोे प्रति कित्ता सेयर मूल्य १,३६९ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,३११ रुपैयाँमा कारोबार भएको छ ।

नबिल डिवेञ्चर–२०८५ को सेयर मूल्यमा सवभन्दा कम ०.०३ प्रतिशतले घटेकोे छ । सो डिवेञ्चरको हिजोे प्रति कित्ता सेयर मूल्य ८९९.७० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ८९९.४० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स