काठमाडौं उपत्यकामा थप कडाइ, माघ महिनाभरी सभा, जुलुस तथा भेला गर्न नपाउने (२७ बुँदासहित)

काठमाडौं । एकै दिन १० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएसँगै काठमाडौं उपत्यकामा थप कडाइ गरिएको छ । कारोना महामारी बढेसँगै काठमाडौं उपत्यकका तीन वटै जिल्ला प्रशासन कार्यालयले उपत्यकामा थप गर्ने उद्देश्यअनुरुप २७ बुँदे निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले माघ ४ गते आज मध्यरातदेखि लागू हुने गरी माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ ।

यस्तै गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न आदेश दिइएको छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन प्रशासनको आदेश छ ।

२०७८ साल माघ ७ गते पश्चात खोपको पूरा मात्रा लगाएका व्यक्तिहरू मात्र उपस्थित हुन पाउने छन् । सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ साल माघ १५ गतेसम्म सञ्चालन नगर्न आदेश छ ।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधिहरु मार्फत गराउन भनिएको छ ।

विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने आग्र गरेको छ ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २०७८ साल माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने प्रशासनको आदेश छ ।

प्रशासन कार्यालयले जारी गरेको २७ बुँदे निर्देशन

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/pdf_notice-cdo.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स