साढे १० प्रतिशत ब्याज दिने सेञ्चुरी बैंकको डिबेञ्चर आउँदै

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले २ अर्ब २० करोड रुपैयाँको डिबेञ्चर ल्याउने भएको छ । साढे १० प्रतिशत ब्याज पाइने सेञ्चुरी बैंकको डिबन्चर नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाउने चरणमा छ । सेञ्चुरी बैंकले अघिल्लो वर्ष नै आदेन दिएकामा बोर्डले भर्खरैमात्र अनुमति दिने तयारी गरेको हो ।

सेञ्चुरीको डिबेच्नर पछिल्लो समय वाणिज्य बैंकहरूले जारी गरेको डिबेञ्चरमा सर्वोत्तम मानिएको छ । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम १०.०५ प्रतिशत ब्याज दिइरहेकामा सेञ्चुरीको डिबेञ्चरलाई पछिल्लो समयमा उत्तम मानिएको छ ।

यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ । निक्षेपको ब्याजदरले कर्जामा प्रभाव पार्ने भएकाले बैंक, उद्योगी व्यवसायी एवं अन्य लगानीकर्ताको पनि ब्याजदर कमभन्दा कम कायम रहोस् भन्ने छ । सोहीकारण पनि सेञ्चुरीको डिबेञ्चर भन्दा मुद्दती निक्षेपको ब्याजदर बढी हुने अवस्था आउँदैन । यो ऋणपत्रमा वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइने बताइएको छ ।

सेञ्चुरी बैंकले जारी गर्न लागेको ऋणपत्र पनि त्यस्तै हो । कुल २ अर्ब २० करोडको डिबेञ्चरमा २२ लाख कित्ता (प्रति कित्ता १ हजार रुपैयाँ) दरमा ऋणपत्र बिक्री हुनेछ । जसमध्ये ८ लाख ८० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १३ लाख २० हजार कित्ता बैंक आफ्नै तबरले बिक्री गर्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स