आज यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा पुगेर स्थिर रहेको छ ।

मंगलबार २२४ कम्पनीहरुको सेयर १ लाख १५ हजार ९५८ पटक कारोबार भएको छ । १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर खरिदबिक्री भई ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ४५ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको सेयर मूल्य घटेको छ ।

मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सवभन्दा बढी ५ प्रतिशतले घटेको छ । हिजो उक्त संस्थाको प्रति कित्ता सेयर मूल्य १,६२१ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,५४० रुपैयाँमा खरिदबिक्री भएको छ ।

कर्पोरेट विकास बैंकको सेयर मूल्य ४.६२ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६२० रुपैयाँमा कारोबार भएको छ ।

नबिल डिवेञ्चर २०८५ को सेयर मूल्यमा सवभन्दा कम ०.०३ प्रतिशतले घटेकोे छ । सो कम्पनीको हिजोे प्रति कित्ता सेयर मूल्य ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ८९९.७० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स