नेप्से राताम्मै हुदाँ पनि सेयर मूल्य बढेका कम्पनीहरु

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा पुगेर स्थिर रहेको छ ।

मंगलबार २२४ कम्पनीहरुको सेयर १ लाख १५ हजार ९५८ पटक कारोबार भएको छ । १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर खरिदबिक्री भई ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ४५ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको सेयर मूल्य घटेको छ ।

समलिङ्ग पावर कम्पनीकोे सेयर मूल्य सवभन्दा बढी ९.४९ प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ५९३ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६४९.३० रुपैयाँमा खरिदबिक्री भएको छ ।

मध्य भोटेकाशी जलविद्युत कम्पनीको सेयर मूल्य ८.११ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ४५८.८० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४९६ रुपैयाँमा कारोबार भएको छ ।
नेशनल लाइफ ईन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सवभन्दा कम ०.१० प्रतिशतले बढेको छ । सो बैंकको हिजो प्रति कित्ता सेयर मूल्य १,१३७ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,१३८.१० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स