दराजको नयाँ ब्रान्ड लोगो सार्वजनिक

काठमाडौं । इ–कमर्स प्लेटफर्म दराजले आफ्नो नयाँ ब्रान्ड लोगो सार्वजनिक गरेको छ । दराज समूहका संस्थापक र सिइओ बियार्के मिक्केलसनले सोमबार नयाँ ब्रान्डको सुरुवातले व्यवसायका लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् ।

दक्षिण एसियाका पाँचवटा बजारहरू पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा इ–कमर्सलाई मानिसहरूको दैनिक जीवनको मुख्य भाग बनाउने दराजको महत्वाकांक्षामा नयाँ ब्रान्ड महत्वपूर्ण हुने उनको भनाइ छ । रिब्रान्डका विभिन्न पक्षहरूमध्ये एक उल्लेखनीय परिवर्तन भनेको दराजको लोगो हो ।

लोगोको केन्द्रमा एउटा तीर छ, जुन प्रगति र द्रुत डेलिभरीमा केन्द्रित छ, तर प्रयोगकर्ताका लागि थप गतिशील सामग्री अनुभव सिर्जना गर्न दराज निरन्तर नवप्रवर्तन गरिरहेको छ भन्ने प्रतीक ‘प्ले बटन’जस्तै पनि देखिन्छ ।

रिब्रान्डिङका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ । वर्तमान एमडी लिनो अहलेरिङ यस महिनाको अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्नेबित्तिकै आँचलले पदभार ग्रहण गर्नेछिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स