काठमाडौं । विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवाले विश्वकिर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी गिनिज बुक अफवल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराउन सफल भएका हुन् ।
सोमबार युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई गिनिज बुक अफवल्र्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्रीनिवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्वरेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिए । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरित गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गरे ।
सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानी माथी पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।