५५ औं वार्षिकोत्सवको उपलक्ष्यमा कृषि विकास बैंकको क्यूआर टेलर सेवा शुभारम्भ

काठमाडौं । कृषि विकास बैंकले क्यूटी टेलर सेवा सुरु गरेको छ । बैंकको ५५ औं वार्षिकोत्सवको उपलक्ष्यमा सो सेवा सुरु गरेको हो । बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकहरुले चेक बिना नै सहज तथा सुरक्षित रुपमा क्यूआर टेलरबाट क्यूआर स्कान गरी गरी आफ्नो खाताको रकम भुक्तानी लिन सकिने छ ।

उक्त सेवाको शुभारम्भसँगै ग्राहकहलाई थप डिजिटल सेवा प्राप्त गर्ने अवसर मिलेको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बताए । बैंकको कर्पोरेट बैकिङ कार्यालय, रामशाहपथबाट सीईओ उपाध्यायले कारोबार गरी यो सेवाको विधिवत शुभारम्भ भएको हो ।

उक्त कार्यक्रममा उपमहाप्रवन्धक प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुव चन्द्र गौतम, दिर्घ बहादुर अर्याल, बाबुकाजी थापाको उपस्थिति रेहको थियो । विभागीय प्रमुखहरु अजय कुमार रिमाल, पप्पु बाबु श्रेष्ठ, सुन्दर प्रसाद खतिवडा, सरोज कुमार शाह तथा डिजिटल बैंकिङ विभागका वरिष्ठ शाखा प्रमुख प्रज्वल भट्टराई लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकले वित्त बजारका अन्य बैंक तथा वित्तीय संस्थाहरुसँंग प्रतिस्पर्धा गर्न परम्परागत बैंकिग गतिविधिका अतिरिक्त ग्राहकहरुको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिंग सेवाहरु मोवाइल बैंकिङ, अलर्ट बैंकिङ, इन्टरनेट बैंकिङ, आन्तरिक रेमिटान्स, एजेन्सी रेमिटान्स, स्विफ्ट, कार्ड, एटिएम, इसिसि, आइपिएस, कनेक्ट आइपिएस, सि–आश्वा, डिम्याट लगायतका विभिन्न सेवाहरु व्यवस्थित, भरपर्दो तथा सुरक्षित रुपमा सञ्चालन गरिरहेको परिप्रेक्ष्यमा क्यूआर टेलर सेवाले ग्राहकहरु थप आकर्षित हुने विश्वास बैंकले लिएको प्रवक्ता हिमलाल पौडेलले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स