आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको दोश्रो दिन २०.६४ अंकले बढेर २९७४.३८ विन्दुमा रहेको छ ।

सोमबार २२४ कम्पनीहरुको सेयर ९६ हजार ४०८ पटक कारोबार भएको छ । १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर खरिदबिक्री भई ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ९७ कम्पनीको सेयर मूल्य बढ्दा ८१ कम्पनीको सेयर मूल्य घटेको छ ।

मध्य भाटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ४१७.१० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४५८.८० रुपैयाँमा खरिदबिक्री भएको छ ।

सानराईज ब्लुचिप फण्डको सेयर मूल्य ८.३३ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो फण्डकोे प्रति कित्ता सेयर मूल्य ९.१२ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९.८८ रुपैयाँमा कारोबार भएको छ ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले बढेको छ । हिजो सो माइक्रोफाइनान्सको प्रति कित्ता सेयर मूल्य १,२९९.९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,३०० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स