काठमाडौं । हिमालयन बैंकले आफ्नो सबै शाखाका सन्ध्याकालिन काउन्टरहरु बन्द गरेको छ । बैंकले बढ्दो कोरोना महामारीलाई ध्यानमा राख्दै माघ ३ गतेदेखि सञ्चालनमा रहेका सबै सन्ध्याकालिन काउन्टरहरु बन्द गरेको हो ।
बैंकले यो महामारीमा मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ लगायतका डिजिटल सुविधा प्रयोग गर्न सबै ग्राहकलाई आग्रह गरेको छ ।
बैंकले अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने जनाएको छ ।