लुम्बिनी विकास बैंकको थप दुई स्थानमा शाखा विस्तार

काठमाडौं । लुम्बिनी विकास बैंकले थप दुई स्थानमा शाखा विस्तार गरेको छ । बैंकले माघ ३ गतेदेखि तुल्सीपुर उप-महानगरपालिका वडा नं. ०५ र बुटवलको ट्राफिक चोकमा नयाँ शाखाको शुभारम्भ गरेको हो ।

योसँगै बैंकको शाखा संख्या ७९ पुगेको छ । देशभरका शाखाहरु मार्फत २०७८ पौष मसान्तसम्ममा बैंकले ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।

बैंकले देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ८० हजार ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स