सिटिजन्स बैंकको शाखा जनकपुरको विद्यापती चोकमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जनकपुरको विद्यापती चोकमा आफ्नै सुविधा सम्पन्न भवन संचालनमा ल्याएको छ । बैंकले सोमबारबाट उक्त भवनको उद्घाटन गरी कोरोबार संचालनमा ल्याएको हो ।

बैंकको यसअघि धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ४ मा संचालनमा रहेको विद्यापती चोक शाखा अब हालको भवनबाट करिब ३०० मिटरको दूरीमा रहेको बैंकको आफ्नै भवनमा स्थानान्त्ररण भएको हो ।

उक्त शाखाबाट ग्राहकहरूलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टर समेत सुरुवात गरिएको छ । साथै यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

यसमार्फत सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स