राष्ट्रिय वाणिज्य बैंकको ५७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई सहुलियत प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि मोवाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा माघ १ गते देखि चैतमसान्तसम्म लागू हुने गरी मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट दिने निर्णय गरेको बैंकले जनाएकोे छ । आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७औँ वर्षमा प्रवेश गर्ने छ ।

बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स