तरलता अभाव पूर्ति गर्न राष्ट्र बैंकले बजारमा २७ खर्ब २१ अर्ब पठायो, तरलताको समस्या यथावत

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव पूर्ति गर्न राष्ट्र बैंकले २७ खर्ब २१ अर्ब रुपैयाँ बजारमा पठाएको छ ।

राष्ट्र बैंकले पहिलो पाँच महिनामा रिपो, स्थायी तरलता सुविधा (एसएलएफ) र सरकारी ऋणपत्र खरिद (सोझै खरिद उपकरण)मार्फत् २७ खर्ब २१ अर्ब रुपैयाँ बजारमा पठाएको हो ।

राष्ट्र बैंकले चालु आवको साउनदेखि मंसिरसम्म रिपोमार्फत २ खर्ब ८७ अर्ब २३ करोड, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड र एसएलएफ सुविधामार्फत २४ खर्ब ६ अर्ब ६२ करोड रुपैयाँ बजारमा पठाइएको छ ।

राष्ट्र बैंकले तरलता अभाव पूर्ति  गर्नकाे लागि २७ खर्ब रुपैयाँ भन्दा धेरै रकम बजारमा पठाए पनि बैंक तथा वित्तीय क्षेत्र अझै पनि तरलताको अभावसँग जुझि रहेका छन् ।

यस्तै, चालु आवको ५ महिनामा राष्ट्र बैंकले बजारबाट ६० अर्ब रुपैयाँ उठाएको छ । जसअनुसार रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड रुपैयाँ उठाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत १ खर्ब १ अर्ब ८० करोड रुपैयाँ उठाएको थियो ।

सरकारले पुँजीगत खर्च गर्न नसक्दा पनि अहिले बजारमा रकमको अभाव भइरहेको छ । चालु आवको आधा समय सकिँदा सरकारको पुँजीगत खर्च जम्मा १३.५९ प्रतिशत मात्र छ ।

सरकारले चालु आवमा ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । हालसम्म ५० अर्ब ८० करोड रुपैयाँ मात्र पुँजीगत खर्च हुन सकेको छ । एक महिना ढिलोगरी प्रतिस्थापन विधेयक जारी भएकाले पनि बजेट खर्च हुन कठिनाइ भइरहेको छ । बटेज ढिला आउँदा मुलुकमा पहिलो पटक बजेट होलिडे भयो । यसले गर्दा पनि विकास खर्च गर्न केही कठिनाइ भएको अर्थविद्धहरु बताउँछन् ।

११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा माघ २ गतेसम्म ५ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो अनुमाति लक्ष्यको ४६ प्रतिशत हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स