किसान लघुवित्तको लाभांश घोषणा

काठमाडौं । किसान लघुवित्तले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७ सय ७५ रुपैयाँ २५ पैसा रहेको छ ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स