काठमाडौं । सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर ९२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १२ सय ५५ रूपैयाँ कायम भएको छ ।