नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित, अध्यक्षमा पुनः पौडेल नियुक्त

काठमाडौं । नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको वार्षिक साधारण सभामा संचालक समितीद्वारा प्रस्तावित उक्त लाभांश पारित भएको हो ।

साधारण सभाले संचालक समितिद्वारा सेयरधनीहरुको लागि प्रस्तावित ३३.६०५ प्रतिशत बोनस सेयर तथा ४.४०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

आव २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको पूँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

यसैगरी सभाले आव २०७८/७९ को लागि वाह्य लेखापरीक्षकहरु श्री एसएआर असोसिएटस चार्टड एकाउन्टेन्टस तथा पिजिपिएन एण्ड को चार्टड एकाउन्टेन्टस लाई संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।

सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ का लागि उदयकृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि. लाई प्रतिनिधित्व गर्दै उपेन्द्रप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको थियो ।

साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुन पौडेललाई चयन गरेको छ । पौडेल मंसिर १५ देखि बैंक संचालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आएकोमा आजै सम्पन्न साधारणसभाबाट संस्थापक सयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी ९इन्टरेनशनल०लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स