६९ अंकले नेप्से बढ्दा पनि यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको पहिलो दिन ६९ अंकले बढेर २९२६.७४ विन्दुमा रहेको छ ।

आज २२९ कम्पनीहरुको सेयर १ लाख १ हजार ५८९ पटक कारोबार भएको छ । १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर खरिदबिक्री भई ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ०५९ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १६७ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको सेयर मूल्य घटेको छ ।

१०.२५% ग्लोबल आईएमई बैैंक लिमिटेड डिवेञ्चर–२०८०/८१ को सेयर मूल्य सवभन्दा बढी ३.५९ प्रतिशतले घटेको छ । हिजो उक्त डिवेञ्चरको प्रति कित्ता सेयर मूल्य १,०३० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९९३ रुपैयाँमा खरिदबिक्री भएको छ ।

बोट्लर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्य २.९७ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो लिमिटेडको प्रति कित्ता सेयर मूल्य १५,६३६.९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १५,१७२ रुपैयाँमा कारोबार भएको छ ।

नबिल डिवेञ्चर–२०८५ को सेयर मूल्यमा सवभन्दा कम ०.१४ प्रतिशतले घटेकोे छ । सो डिवेञ्चरको हिजोे प्रति कित्ता सेयर मूल्य ९०१.३० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९०० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स