नेप्सेले कटायो २९ सय विन्दु, साढे ९ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल कायम नै रहेको छ । नेप्सेमा करिब २ दुई तिहाइको वृद्धिसँगै करोबार रकम पनि १० अर्ब नजिक पुगेको छ ।

आइतबार नेप्से ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स ११.८१ अंकले बढेर ५४२.६३ विन्दुमा पुगेको छ ।

आज २२९ कम्पनीको सेयर १ लाख १ हजार ५८९ पटक कारोबार भएको छ । १ करोड ८२ लाख ५४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा कारोबार भएका १३ उपसमूह सबै बढेका छन् । उत्पादन मुलक उपसमूह ४०९ अंकले बढेको छ ।

आज मध्य भोटेकोशीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

बोटलर्स नेपाल (तराई)को सेयर मूल्य ३.८२ अंकले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स