एकैदिन ५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडों । देशभर एकैदिन ५,०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २०,५६० जनाको पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५,०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।

नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ ।

त्यस्तै आज ३०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या १८ हजार २३५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स