सेञ्चुरी कमर्सियल बैंकको लाभांश पारित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लाभांश पारित भएको छ । बैंकको ११औँ वार्षिक साधारणसभाले सेयरधनीलाई दिने ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको हो ।

सभाले चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी सेयरधनीहको सेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र १०८ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स