इन्फिनिटी लघुवित्तको लाभांश पारित

काठमाडौं । इन्फिनिटी लघुवित्तले सेयरधनीलाई दिने लाभांश पारित गरेको छ । संस्थाको पाँचौ वार्षिक साधारणसभाले चूक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा संस्थापक सेयरधनीहरुको तर्फवाट विष्णु कुमार घिमिरे, रमेश कुमार कर्माचार्य, रामकृष्ण डंगोल र धरा नेपाल जोशी निर्विरोध सञ्चाकलमा निर्वाचित भएका छन् ।

साधारण सभा पश्चात २०७८ पौष २७ गते बसेको ७७ औं बैठकबाट अध्यक्ष पदमा सञ्चालक बलराम विष्ट चयन भएका छन् । विष्टले पौष २८ गतेनै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल समक्ष पद तथा गोपनियताको शपथ लिईसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स