हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर भाँडियो

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको मर्जर भाँडिएको छ । हिमालयन बैंकको आज भएको २९ औं वार्षिक साधारणसभाले इन्भेष्टमेण्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकार गरेसँगै यी दुई बैंकबीचको मर्जर भाँडिएको हो ।

साधारणसभाबाट सर्वसमतिमा मर्जर प्रस्ताव पास हुन सकेको थिए । विशेष प्रस्ताव स्वीकृत गर्नका लागि ७५ प्रतिशत मत आवश्यक पर्ने भएकाले हिमालयन र इन्भेष्मेण्ट बैंकबीचको मर्जर तोडिएको हो ।

सभामा सञ्चय कोषले सेयर आदन प्रदान अनुपात (डीडीए) त्रुटी पूर्ण भएको भन्दै मर्जरको विपक्षमा प्रस्ताव पेश गरेको थियो । त्यो प्रस्तावमा अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलागायतले समर्थन गरेका थिए ।

विशेष प्रस्ताव आएको भन्दै त्यसमा अध्यक्षले निर्वाचन गर्ने प्रकृया अगाडि बढाए । झन्डै ३७ प्रतिशत सेयर हिस्सा ओगटेको सँस्थापक सेयरधनीले नै लिखित रुपमा मर्जरको विपक्षमा मत दिएकाले अहिले प्रकृया पुरा गर्न नसकिने अध्यक्ष श्रेष्ठले निर्णय सुनाएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स