प्रभु इन्स्योरेन्सले ११.५८ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीहरुको लागि ११.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगदसहित कुल ११.५८ प्रतिशत लाभाश दिने प्रस्ताव गरेको हो।

यसपछि संस्थाको चुक्ता पुँजी एक अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।

यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स