नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जर सम्झौता सम्पन्न

काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जरको सम्झौता भएको छ । दुई बैंकबीच बिहीबार ललितपुरस्थित होटल भिभान्ता काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा दुवै बैंकका मर्जर कमिटीका संयोजकले हस्ताक्षर गरेका छन् । मर्जरको स्वीकृतीका लागि यी दुई बैंक भोलि (शुक्रबार) नेपाल राष्ट्र बैंक जाँदैछन् । मर्जरको सम्बन्धमा बिहीबारै नेपाल स्टकएक्सचेञ्ज नेप्सेलाई जानकारी गराइसकिएको छ ।

नबिलले एनबीलाई १००ः४३ को स्वाप रेसियोमा एक्वायर गर्न लागेको हो ।

काठमाडौं जिल्ला अदालतले आइएफआइसी बैंकको स्वामित्वमा रहेको नेपाल बंगलादेशको ४१ प्रतिशत सेयर रोक्न आदेश दिएसँगै नबिल र नेपाल बंगलादेशबीचको मर्जर सम्झौता भाडिने हो कि भन्ने अन्यौल पनि सिर्जना भएको थियो। तर, दुवै बैंकको सहमतीमा मर्जर प्रक्रिया अघि बढाउन लागिएको हो ।

सनराजइज बैंकका अध्यक्ष तथा व्यवसायी मोतीलाल दुगडले हालेको मुद्दामा अदालतले पुस २७ गते सेयर खरिद बिक्री रोक्नु भनेर आदेश दिएको हो ।

साथै, नेपाल बंगलादेश बैंकसँग अदालतले ७ दिन भित्रमा लिखित जवाफ पनि माग पनि गरेको छ ।

दुगडले आफूसँग भएको सम्झौता विपरित आइएफआइसीले नेपाल बंगलादेश बैंकको स्वामित्वको सेयर तेस्रो पक्षलाई बिक्री गर्न तयार भएपछि अदालतमा मुद्दा हालेका थिए । अदालतले मंगलबार नै आदेश दिए पनि त्यसको लिखित जवाफ बुधाबार मात्र आएको हो ।

नेपालका एक मात्र डलर अरबपती विनोद चौधरीले नेपाल बंगलादेश बैंकको सेयर श्रीमती सारिका चौधरीको नाममा खरिद गर्न खोजेका थिए । श्रीमतीको नाममा नेपाल बंगलादेशको सेयर खरिद गरेर चौधरी प्रमोटर रहेको नबिल बैंकसँग मर्जर गराउन खोजेका थिए ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच आज साँझ मर्जर सम्झौता हुने, १००ः४३ स्वाप रेसियो तोकियो

 

http://आईएफआईसीको सेयर श्रीमतीको नाममा किनेर बंगलादेश बैंकलाई नबिलमा गाभ्ने विनोद चौधरीको तयारी

http://चौधरीलाई आइएफआइसीको सेयर किन्नबाट रोक्यो अदालतले, नबिल र नेपाल बंगलादेश बैंकबीचको मर्जर समस्यामा

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स