नेप्से परिसूचक बढेर ५२.०६ अंकमा, साढे १७ अर्ब माथिको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५२.०६ अंकले बढेर ३१६१.६५ अंकमा सीमित भएको छ ।

यो दिन ३ करोड ३५ लाखको कित्ता सेयर १७ अर्ब ८४ करोड रुपैयाँमा खरीद बिक्रि भएको छ ।

त्यसैगरि १६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर अवस्थामा रहेको छ ।

यो दिन जलविद्युत र होटल तथा पर्यटन उपसमूहबाहेक सबैमा वृद्धि देखिएको छ ।

आज एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स