नेशनल नमोबुद्ध सहकारीको अध्यक्षमा राजकुमार लामा निर्वाचित

काठमाडौं । नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजकुमार लामा निर्वाचित भएका छन् ।

संस्थाको बुधबार सम्पन्न २२ औं वार्षिक साधारण सभाले लामाको नेतृत्वमा सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति चयन गरेको हो । लामा यस अघि संस्थाका सचिव थिए ।

संस्थाको निवर्तमान अध्यक्षमा ज्ञानबहादुर तामाङ रहेका छन् ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा बिमला बस्नेत, कोषाध्यक्षमा श्यामबहादुर तामाङ, सचिवमा राजु सापकोटा निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बाबुराम लोप्चन लामा, बुद्धिबहादुर तामाङ, पेम्बा शेर्पा रहेका छन्

त्यस्तै लेखा समिति संयोजकमा नरबहादुर तामाङ, सदस्यहरुमा पृथ्वी लामा र कुमारी आले रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स