सन्दीप चम्कदा होबार्ट विजयी

एजेन्सी । नेपाली लेग स्पिनर सन्दपी लामिछाने सम्मिलित होबार्टले बीग बास लिग (बीबीएल_ मा जित हासिल गरेको छ ।

सिड्नी थन्डर्सलाई विरुद्ध होबार्ट ९ रनले विजयी भएको हो । १२ खेलमा होबार्टको यो छैठौ जित हो ।

होबार्टको जितमा लामिछानेले दुई विकेट हात पारे ।

लामिछानेले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिएका थिए ।

१ सय ७८ रनको लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल १ सय ६८ रन मात्र जोड्न सक्यो ।

सिड्नीका लागि अलेक्स हेल्सले १७ बलमा ७ चौका र एक छक्काको मदतमा सर्वाधिक ३८ रन जोडे ।

लामिछानेले दुई विकेट लिदा होबार्टका रिले मेरेडिथ र जोर्डन थोम्पसनले समान तीन–तीन विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ७७ रन जोडेको थियो ।

होबार्टका लागि कप्तान म्याथ्यू वाडेले सर्वाधिक ८३ रनको योगदान गरे । ५४ बलको सामना गर्दा वाडेले ८ चौका र २ छक्का हिर्काए ।

कावेल जेवेलले ५१ रनको योगदान गरे । उनले ३२ बलमा ५ चौका र ३ छक्का हिर्काएका थिए ।

सिड्नीका गुरिन्दर सान्धुले सर्वाधिक २ विकेट लिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स