सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लागि नबिल इन्भेष्टमेण्ट बैंकिंङको इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस

काठमाडौं । सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लागि नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडले इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस संचालनमा ल्याएको छ ।

यसका लागि लगानीकर्ताहरुले वार्षिक शुल्क वापत २०२२ का लागि केवल २ हजार २२ रुपैयाँ मात्र सीमित शुल्क तिर्नुपर्ने हुन्छ । नन डिस्क्रेसनरी प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन ।

यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो विश्लेषक तथा गहन विश्लेषण, रिर्सचको आधारमा बजारको उतारचढावलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिस गरिनेछ ।

नबिल इन्भेष्टमेन्टको अनुसार पोर्टफोलियो व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिईनेछैन भने लगानी गरिएको रकम बाहेक नाफा भएको रकम जुनसुकै बेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ ।

यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसँग भएको नगद रकम वा सेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिने नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स