‘खल्ती’ मार्फत यती एयरलायन्सको टिकट किन्दा ४५० क्यासब्याक तुरुन्तै पाइने

काठमाडौं । ‘खल्ती’ मार्फत यती एयरलायन्सको टिकट खरिद गर्दा ४५० क्यासब्याक तुरुन्तै पाइने भएको छ । डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउने उद्देश्य यो अफर ल्याएको खल्तीले जनाएको छ ।

फ्लाइट बुकिंङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा १५० घट्नेछ भने बाँकि रहेको ३०० ‘खल्ती’ वालेट मा क्यासब्याक स्वरूप प्राप्त हुनेछ। यो अफर जनवरी १३ फेब्रुअरी १५ सम्म मान्य हुनेछ ।

यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यती एयरलाइन्ससँग मिलेर काम गरी प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिंङ र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन पाउँदा धेरै उत्साहित भएको बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स