नेपालबाट १० हजार नर्स बेलायत लग्ने विषयमा शुक्रबार वार्ता हुँदै, मासिक तलब साढे ६ लाख

काठमाडौं । नेपालबाट १० हजार नर्स बेलायत लग्ने विषयमा शुक्रबार दुई पक्षबीच वार्ता हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले रोजगारीका लागि १० हजार नर्स बेलायत पठाउने विषयमा शुक्रबार वार्ता हुन लागेको जानकारी दिएका हुन् ।

‘बेलायतले १० हजार नर्स नेपालबाट लग्न सरकारसँग अनुरोध गरेको थियो । त्यस अनुसार नेपालले प्रक्रिया सुरु गरेको छ । सोही प्रक्रियालाई पूर्णता दिन नेपाल सरकारले पनि बेलायत सरकारसँग वार्ता समिति गठन गर्न अनुरोध गरेको थियो,’ घिमिरेले भने, ‘नेपाल सरकारको चहाना बमोजिम बेलायतले वार्ता समिति गठन गरेको छ ।’ सोही बमोजिम शुक्रबार दुई पक्षिय वर्ता हुँदै छ ।

नेपालको तर्फबाट वार्ता समितिको संयोजकमा रोजगार व्यवस्थापन महाशाखा सहसचिव राजिव पोखरेल छन् भने बेलायतको तर्फबाट रब क्लार्कले वार्ताको नेतृत्व गर्नेछन् ।

वार्ता प्रक्रिया सुरु हुन अघि नेपालले वर्किङ कमिटी गठन गरेको थियो । उक्त कमिटीले तयार पारेको प्रतिवेदनको आधारमा नेपालले बेलायतमा काम गर्न जाने नर्सहरुको सेवा सुविधा तय गर्नेछ ।

रोजगारीका लागि बेलायत जाने नर्सहरु अंग्रेजी भाषामा निपूर्ण हुनुपर्नेछ । साथै आइएलटीएसमा ७ अंक ल्याउनु पर्ने बेलायतको सर्त रहेको छ ।

वार्ता सकारात्मक भए बेलायत सरकार र नेपाल सरकारबीच (जीटुजी) सम्झौतामार्फत् रोजगारीका लागि नर्सहरुलाई बेलायत पठाइने छ । पहिलो चरणमा कति नर्स पठाउने भन्ने विषय वार्ताकै क्रममा तय गरिने छ ।

बेलायतले ‘नेसनल हेल्थ प्रोग्राम’अन्तर्गत नेपाली नर्सलाई लैजान खोजेको हो । मन्त्रालयका अनुसार सरकारले नेपाली नर्सलाई शून्य लागतमा बेलायत रोजगारीका लागि पठाउने तयारी गरेको छ । रोजगारीका लागि बेलायत जाने नर्सको भाषा परीक्षा, स्वास्थ्य परीक्षण, भिसा, टिकट, बिमालगायत सबै खर्च बेलायत सरकार आफैँले व्यहोर्ने छ ।

बेलायतमा नेपाली नर्स मासिक तलब ४ हजार पाउण्डस्ट्रलिङ हुनेछ । अर्थात ६ लाख ४६ हजार रुपैयाँ हुनेछ ।

 

प्रतिक्रिया

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स