बतास अर्गनाइजेशनलाई गरिएको प्रहार सिंगो व्यवसायीमाथिको होः पोखरा उद्योग वाणिज्य महासंघ

काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले बतास ग्रूपलाई गरेको प्रहार सिंगो व्यवसायीमाथिको प्रहार भएको जनाएको छ । संघले बुधरबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ‘ ‘बतास व्यक्ति होइन, व्यवसायी हो, । अहिले भएको प्रहार व्यवसायी माथीकै प्रहार हो ।’

लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरुको मानमर्दन र चरित्र हत्या गर्ने प्रवृतिले लगानीको वातावरण बन्दैन ।’ त्यसैले हामी सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहान्छौं ।’

त्यस्तै, बतास समूहले नारायणहिटी दरबारमा रेष्टुराँ सञ्चालनदेखि अन्य विभिन्न स्थानमा गरेको व्यवसायिक गतिविधिहरु राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकार भित्रै रहेर गरिएको घामजस्तै छर्लङग भएको समेत संघले जनाएको छ ।

राज्य स्वयमले टेण्डर आह्वान गर्ने, सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पुरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप प्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृति आफैमा विरोधापूर्ण र पूर्वाग्रहीबाट प्रेरित भएको समेत संघको भनेको छ ।

‘सञ्चारमाध्यममा आएका टिप्पणीकै भरमा स्पष्टिकरणको मौका समेत नदिई मन्त्रीकै निर्देशनमा निर्माणधिन संरचना भत्काईनु भनेको राज्यको गैर–जिम्मेवारी पराकाष्ठ हो । सम्झौतामा दुबै पक्षको हस्ताक्षर हो र तोड्दा अवलम्बन गर्नुपर्ने प्रावधानहरू पनि स्पष्ट रुपले किटान गरिएको हुन्छ । ती प्रावधान लत्याउने दुबै पक्षलाई नभएको पनि हामी स्मरण गराउँन चाहाँनछौं’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघले यस्ता गतिविधिहरु तत्काल रोक्न, राज्यबाट भएको ज्यादतीको क्षतिपूर्ति दिन र कानुनी राज्यको प्रत्याभुति गराउँदै सफाइको मौका दिन एवम् व्यवसायीको सम्पतिमाथि पुर्याएको नोक्सानीको क्षतिपूर्तिको लागि माग समेत गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स