८ अर्बभन्दा बढीको कारोबार हुँदा पनि यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार ३०.५१ अंकले घटेर २८०३.६२ विन्दुमा रहेको छ ।

आज २२९ कम्पनीहरुको सेयर ९० हजार ५९० पटक कारोबार भएको छ । १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर खरिदबिक्री भई ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा २९ कम्पनीको सेयर मूल्य बढ्दा १५८ कम्पनीको सेयर मूल्य घटेको छ ।

हिमालय ऊर्जा विकासको सेयर मूल्य सवभन्दा बढी ६.२१ प्रतिशतले घटेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ४९७.९० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४६७ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यूनियन हाईड्रोपावरको सेयर मूल्य ५.५३ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो हिल्सको प्रति कित्ता सेयर मूल्य ३९८ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३७६ रुपैयाँमा कारोबार भएको छ ।

लाईफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर मूल्यमा सवभन्दा कम ०.०५ प्रतिशतले घटेकोे छ । सो बैंकको हिजोे प्रति कित्ता सेयर मूल्य २,१२५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य २,१२४ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स