चौधरीलाई आइएफआइसीको सेयर किन्नबाट रोक्यो अदालतले, नबिल र नेपाल बंगलादेश बैंकबीचको मर्जर समस्यामा

काठमाडौं । अदालतले आइएफआइसी बैंकको स्वामित्वमा रहेको नेपाल बंगलादेशको ४१ प्रतिशत सेयर रोक्न आदेश दिएको छ । सनराजइज बैंकका अध्यक्ष तथा व्यवसायी मोतीलाल दुगडले हालेको मुद्दामा अदालतले पुस २७ गते सेयर खरिद बिक्री रोक्नु भनेर आदेश दिएको हो ।

साथै, नेपाल बंगलादेश बैंकसँग अदालतले ७ दिन भित्रमा लिखित जवाफ पनि माग पनि गरेको छ ।

दुगडले आफूसँग भएको सम्झौता विपरित आइएफआइसीले नेपाल बंगलादेश बैंकको स्वामित्वको सेयर तेस्रो पक्षलाई बिक्री गर्न तयार भएपछि अदालतमा मुद्दा हालेका थिए । अदालतले मंगलबार नै आदेश दिए पनि त्यसको लिखित जवाफ बुधाबार मात्र आएको हो ।

नेपालका एक मात्र डलर अरबपती विनोद चौधरीले नेपाल बंगलादेश बैंकको सेयर श्रीमती सारिका चौधरीको नाममा खरिद गर्न खोजेका थिए । श्रीमतीको नाममा नेपाल बंगलादेशको सेयर खरिद गरेर चौधरी प्रमोटर रहेको नबिल बैंकसँग मर्जर गराउन खोजेका थिए । काठमाडौं अदालतको उक्त निर्णयसँग नबिल र नेपाल बंगलादेशबीचको मर्जर के हुने हो भन्ने अन्यौल पैदा भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स