नाफा बुक गर्दा सेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार भने बढ्यो

काठमाडौं । उकालो यात्रामा रहेको नेप्सेमा बुधबार ब्रेक लागेको छ । आज नेप्से ३०.५१ अंकले घटेर २८०३.६२ विन्दुमा आइपुगेको छ । बढ्दो क्रममा रहेका बजारबाट लगानीकर्ताहरुले नाफा बुक खोज्दा करेक्सन आएको हो ।

२२९ कम्पनीको सेयर ९० हजार ५९० पटक कारोबार भएको छ । १ करोड ६१ लाख ४७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट देखिँदा पनि ४ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा माथिले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स