४० प्रतिशत अनुमानित आयकर दाखिला गर्न आन्तरिक राजस्व विभागको आम करदातालाई आग्रह

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न आम करदातालाई आग्ह गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले चालु आर्थिक वषको आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न ताकेता गरेको हो ।

विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि करदातालाई सार्वजनिक सूचनामाफर्त आग्रह गरेको छ ।

आयकर ऐन, २०५८ (संशोधन सहित) को दफा ५४ को उपदफा ९१० वमोजिम आव २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ५५ वमोजिम अनुमानित कर विवरण (टीडीएस) को पहिलो किस्ता वापतको ४० प्रतिशत हुन आउने कर यहि मसान्तभित्र दाखिला गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स