कोरोना बढेपछि भौतिक रुपमा गर्ने भनिएको साधारणसभा अब भर्चुअल माध्यमबाट गर्ने

काठमाडौं । कोरोना भाइरस संक्रमण बढन थालेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत कम्पनीहरुले भर्चुअल माध्यमबाट आफ्नो वार्षिक साधारण सभा बोलाउन थालेका छन् । यस अघि कम्पनीहरूले भौतिक रुपमै उपस्थित भएर साधारणसभा गर्ने तयारी गरेका छन् ।

हिमालय बैंकले शुक्रबार माघ ३० गते भर्चुअलमाध्यमबाट साधारण २९ औं साधारणसभा गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको लाभांश वितरण पारित तथा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको विषयलाई विशेष गरी साधारणसभामा राख्नेछ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा जाने तथा नजाने टुंगो पनि यहि साधारणसभाले लगाउने छ ।

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न पुस ३० गते शुक्रबार सिल्भर ओक बैङक्वेट गैह्रिधारा काठमाडौँमा बीसौँ वार्षिक साधारण सभा बोलाएको थियो । सम्बन्धित बैंकलेसार्वजनिक गरेको पछिल्लो सूचना अनुसार बैकको उक्त सभा भौतिक रुपमा उपस्थित भएर भन्दा पनि लगानीकर्ताले भर्चुअल माध्यमबाट सहभागिता गारउने भएको छ ।

सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

त्यसैगरी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको पुस २८ गते बुधबार कुपण्डोल ब्याङ्क्वेट कुपण्डोल ललितपुरमा चौथो, पाँचौं तथा छैठौँ वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीले पनि आज सूचना सार्वजनिक गर्दै भर्चुअल माध्यमबाटै सभा गर्ने जानकारी गराएको छ ।

कम्पनीको उक्त सभाले कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ (महिलासमेत) सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको आर्थिक विवरण स्वीकृत गर्ने सम्बन्धमा प्रस्ताव पारित गर्नेछ ।

बोटलर्स नेपालका दुवै कम्पनीले आफ्नो वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट नै गर्ने सूचना जारी गरेका छन् । बोटलर्स तराई र बालाजुले पुस २८ गते एकै दिन होटल र्याडिसन, लाजिम्पाटमा वार्षिक साधारण सभा बोलाएका थिए । तराईले विहान ११ बजे ३५ औं र बालाजुले दिउँसो ४ बजे ४३ औं वार्षिक साधारण सभा बोलाएको हो ।

बोटलर्स नेपाल तराईले सभाबाट एक जना स्वतन्त्र सञ्चालकको पनि नियुक्ति गर्ने प्रस्ताव सहित गत आर्थिक वर्षको वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने तयारी गरेको छ ।

बोटलर्स नेपाल बालाजुले पनि साधारण सभाबाट गत आर्थिक वर्षको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ । यस्तै एक जना स्वतन्त्र सञ्चालक र एक जना सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालनको नियुक्ति गर्नेछ ।

कम्पनीहरूले पछिल्लो समय दैनिक सयौको संख्यामा संक्रमितहरूको दर बढेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को पुस २५ गते बसेको बैठक र पुस २६ गते बसेको उपत्यका तीनै प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार अर्को सूचना नभएसम्म सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन सिफारिस गरेसँगै सूचिकृत कम्पनीहरुले भौतिक रुपमा बोलाएको सभालाई भर्चुअल माध्यमा रुपान्तरण गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स