बाढी र पहिरोका कारण निर्जीवन बीमा कम्पनी टेन्सनमा, २ अर्बको मागदावी

काठमाडौं । मनसुन सक्रिय भएसँगै आएको बाढी पहिरोका कारण निर्जीवन बीमा कम्पनीहरूलाई ठूलो भार थपिएको छ । बाढी र पहिरोका कारण २० वटै निर्जीवन बीमा कम्पनीहरूमा १ अर्ब ९२ करोड माग दावी परेको बीमा कम्पनीहरूले बताएका छन् ।
वर्षा सुरू भएदेखि असार २३ गतेसम्म ३ सय ३१ वटा बीमाको मागदाबी भएको हो । सम्पत्ति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ बीमालगायतमा मागदाबी परेको हो ।

जसमध्ये सबैभन्दा इन्जिनियरिङ बीमाको मागदाबी गरेको छ । जसमध्ये १ सय ७ वटा निर्माणाधीन आयोजनाको ९० करोड ७ लाख, ८ वटा निर्माण सम्पन्न आयोजनाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्विपमेन्टको ८ करोड ८४ लाख र अन्य ६ बीमाको १ करोड ५३ लाखको माग दाबी परेको हो ।

यसैगरी १ सय ४१ वटा कम्पनी बीमाको ६९ करोड ३६ लाख रूपैयाँ मागदाबी भएको छ भने ३३ वटा मोटर बीमाको ४ करोड ७५ लाख, ५ वटा सामुद्रिक बीमाको १९ लाख, ६ वटा कृषि बीमाको १ करोड ६२ लाख, ५ वटा पशुपन्छी बीमाको २ करोड ३८ लाख र विविधतर्फ २ बीमाको १ करोड ५५ लाख मागदाबी परेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स