बुटवल पावर कम्पनीको लाभांश पारित, चुक्ता पुँजी सवा ३ अर्ब पुग्यो

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले घोषणा गरेको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार बसेको कम्पनीको २९औं वार्षिक साधारण सभाले सेयरधनीहरुका लागि १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०७८÷७९ को लेखापरीक्षक नियुक्त पनि गरेको छ ।

बोनस सेयर जारी भएसँगै कम्पनीको चुक्ता पूँजी ३ अर्ब २४ करोड ६३ लाख २६ हजार ८०० कायम हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स