माछापुच्छ्रे बैंकद्वारा प्रहरी वृत्तलाई ब्यारिगेट हस्तान्तरण

काठडमाडौं । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीनवटा रोड ब्यारिगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारिगेट हस्तान्तरण गरेका हुन् ।

बैंकले बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरुलाई मध्येनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारिगेट हस्तान्तरण गरेको हो । बैंकले सातै प्रदेशमा आफ्ना १६३ टटा शाखाहरु र १५७ शाखारहित बैकिङमार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ ।

यस्तै, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाखभन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको बैंकले जानकारी दिएको छ । यसैगरी, बैंकको देशभर २०० वटा एटीएमहरु संचालनमा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स