जानकी प्लाष्टिक उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा सब समान जलेर नष्ट, १० करोडको क्षति

जनकपुर । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-७ स्थित जानकी प्लाष्टिक उद्योगमा आज बिहान आगलागी हुँदा करिब १० करोड मूल्य बराबरको क्षति भएको छ ।

विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योेगका मेसिन, रसायन, कच्चा पदार्थ, तयार पारिएको मालसमान, फर्निचर तथा लत्ताकपडालगायत समान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिकाबाट पुगेका वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स