आज सेयर बजारमा उछाल आउँदा यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेमा स्थिर रहेको छ ।

मंगलबार २३२ कम्पनीहरुको सेयर ७७ हजार १५ पटक कारोबार भएको छ । १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १७० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्य घटेको छ ।

माउन्टेन ईनर्जी नेपालको सेयर मूल्य सवभन्दा बढी ३.५२ प्रतिशतले घटेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य १,२२० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,१७७ रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेपाल एसबिआई बैंकको सेयर मूल्य २.०१ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ३९३.९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३८६ रुपैयाँमा कारोबार भएको छ ।

हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्यमा सवभन्दा कम ०.०२ प्रतिशतले घटेकोे छ । सो कम्पनीको हिजोे प्रति कित्ता सेयर मूल्य ४९८ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४९७.९० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स