सिटिजन्स बैंकको पोखरा शाखामा प्रिभिलेज काउन्टर विस्तार

काठमाडौं । सिटिजन्स बैंकले गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।

यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ तथा कमलादी, लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आईरहेको थियो ।

साथै आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ सेवाहरु प्रदान गर्ने योजना रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए।टि।एम। र ९० वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १३ ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स