लकडाउनको चर्चासँगै सेयर बजार गुल्जार, अलटाइम हाईको रेकर्ड तोड्ने सम्भावना कति ?

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै लकडाउनको हल्लासँगै सेयर बजार उकालो यात्रामा लागेको छ । विगतमा पनि कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन जारी गर्दा सेयर बजारमा लगानीकर्ता झुमिएका थिए । त्यसको फलस्वरुप सेयर बजार ‘अलटाइम हाई’ ३१९८.६ विन्दुसम्म नेप्से पुगेको थियो । गत साता र यो साताको पहिलो २ कारोबार मा नेप्से २६० अंकभन्दा माथिले बढेको छ ।

पछिल्लो २ दिनको कारोबार रकम पनि उत्साजन नै देखिएको छ । यी दुई दिनै ७ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ । अहिले कारोना संक्रमण बढेसँगै सरकारले विद्यालय बन्द गर्ने र २५ जना भन्दा बढी भेला हुन निषेध गरेको छ । साथै, छिमेकी मुलुक भारतमा पनि कारोनाको संक्रमण बढ्दो छ । खुल्ला सिमानका कारण भारतमा कारोना संक्रमण बढ्दो क्रममा देखिए नेपालमा पनि फैलिने उच्च जोखिम रहन्छ । यसले पनि आममानिसमा पुनलकडाउन हुन्छ कि भन्ने भय छ ।
कोरोना संक्रमणका कारण मुलुकमा लकडाउन हुँदा लगानीका अन्य क्षेत्र खुम्चिने हुँदा सेयर बजार बढेको हुन सक्ने एक ब्रोकर बताउँछन् ।

‘कोरोना बढ्यो भने लगानीका अन्य क्षेत्र ठप्प जस्तै हुन्छन् । विगतमा पनि कारोनाका समय सेयर बजार बढेको थियो,’ ती ब्रोकर भन्छन्, ‘अहिले पनि बजार बढ्ने आशमा कारोबार रकम पनि उल्लेखनिय रुपमा बढेको देखिन्छ ।’ यसले पनि लगानीकर्ताहरु हौसियर सेयर बजार बढेको हुन सक्ने ती ब्रोकरको अनुमान छ ।

पछिल्लो समय अनलाइनबाटै सेयर खरिद बिक्री गर्न सकिने भएकाले लगानीकर्तालाई सहज भएको छ । अन्य व्यापार व्यवसाय ठप्प हुँदा सेयर बजारमा सहज रुपमा घरमै बसेर लगानी गर्न सकिन्छ । अहिले सेयर बजार बढ्नु पनि यो पनि एउटा प्रमुख कारण भएको ती ब्रोकर बताउँछन् ।

अहिलेको बढाइ कति समयसम्म टिक्छ भनेर उनी सुनिश्चित भने देखिदैनन् । ३२ सय विन्दुमा पुगेको समयमा सेयर खरिद गरेका लगानीकर्ताहरु कति खेर बजारबाट बाहिरिने भन्ने दाउ हरेर बसेका छन् । नेप्से एउटा निश्चित विन्दुमा पुगेपछि उनीहरुले सेयर बिक्री गर्ने सम्भावना पनि प्रवल रहन्छ ।

पुस बैंकको ब्याज तिर्ने र राजस्व पनि बुझाउने समय भएकाले विगतका वर्षमा यो समय बजार घट्ने गथ्र्यो । तर, यो पटक पुस मध्यदेखि नै बजार बढ्न थालेको छ । यसले पनि केही आशंका पैदा गर्ने उनी बताउँछन् । अहिले पनि बैंक तथा वित्तीय संस्थाहरु तरलताको अभावसँग जुधिरहेका छन् ।

यदि लकडाउन हुन्छ भने अन्य क्षेत्रमा लगानीका लागि बैंकहरुसँग कर्जाको माग कम हुन्छ । लगानीका अन्य क्षेत्र संकृचित हुँदा सेयर बजारमा लगानी थपिदाँ बजार अझै बढ्ने सम्भावना प्रवल रहेको ती ब्रोकर बताउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स